मोहियानी समस्या समाधान इकाईको सुचना

Jul 23, 2018  |  By Admin

नेपाल राजपत्र भाग ५ मिती २०७४/०७/२४ मा जारी सुचनामा जग्गामा रहेको दोहोरो स्वमित्व अन्त्य गर्ने उद्देश्यले मोही लागेको जग्गा मोही र जग्गाधनी बिच बाडफाड गर्ने प्रायोजनका लागि मिती २०७५ भाद्र ४ गतेसम्म बाडफाड को निबेदन दिसक्नु पर्ने र मिती २०७६ भाद्र ४ गतेसम्म परेका निबेदन पर्छ्योट गरिसक्नु पर्ने ब्यबस्था रहेको छ । यस मन्त्रालयबाट मिती २०७५/०१/२३ मा जारी भएको कृषि, पशुपन्छि, भुमी ब्याबस्था तथा सहकारी क्षेत्रको रुपान्तरणको मार्ग चित्र २०७५ मा समेत १ बर्ष भित्र मोही समबन्धी समस्या पुर्णत: अन्त्य गर्ने लक्ष्य राखियकोले हालय मन्त्रालयमा "मोहियानी समस्या समाधान इकाई" गठन भई कार्यरत रहेको छ । यसर्थ देहाय बमोजिम गरी गराई सहयोग गरिदिनुहुन समबन्धित सबैमा अनुरोध गरिन्छ :-

१. जग्गाधनी र मोहिले बिच बाडफाड्को लागि निबेदन दिने अन्तिम मिती २०७५ भाद्र ४ गतेसम्म मात्र तोकिएकोले उक्त म्याद भित्र समबन्धित कार्यालयमा निबेदन दिईसक्नु हुन समबन्धित मोही र जग्गाधनीहरुलाई जनकारी गराईन्छ ।

२. उल्लेखित अवधी भित्र दैध स्वामित्व अन्त्य गरिसक्नु पर्ने भएकोले भुमिसुधार कार्यालय तथा भुमिसुधार कार्य समेत गर्ने मालपोत कार्यालयहरुले बाडफाडका लागी बाकी मोही तथा जग्गाधनीहरुलाई निबेदन दिन आउन पर्याप्त सुचना प्रवाह गर्ने, पर्याप्त निवेदन उपर तदारुकताका साथ छानबिन गरी बाडफाडका समबन्धी निर्णय गर्ने, बाडफाडमा कुनै समस्या भए समाधानका लागी विभाग मार्फत लेखी पठाउने र भए गरेका कमको नियमित प्रगती विवरण विभाग र मन्त्रालयमा पठाउने ।

३. स्थानिय तह, प्रदेश सरकार्, समबन्धित संघ-संस्थ, राजनीति कर्मि, कानुन ब्याबसायि, बुद्धिजिवि, संन्चारकर्मी तथा सम्पूर्ण जनसमुदायमा यो सन्देश समबन्धित मोही तथा जग्गाधनी समक्ष पुर्याई जग्गामाथिको दैध स्वामित्व अन्त्य गर्ने कार्यमा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याइ दिनु हुन समेत अनुरोध गरिन्छ ।