जग्गा खरिद गर्नु अघी जान्नुपर्ने १० टिप्सहरु 

Jul 19, 2018  |  By Admin

जग्गा खरिद गर्नु अघी यी १० टिप्सहरु जानी राखौ ।

१. जग्गा बिक्री गर्ने वास्तविक ब्यक्ती बुझेर सो कित्ता जग्गा निजको हक भोगमा छ छैन प्रस्ठ हुनपर्ने ।
२. उक्त कित्ताको मोठ स्रेता, फोटो र तीनपुस्ते ठीक भए नभएको एकिन गर्ने ।
३. कुनै अड्डा अदालत वा अन्य कुनै कार्यलयमा रोक्का वा झगडा भए नभएको बारेमा आफु प्रस्ठ हुने ।
४. जग्गा र नक्सामा प्रस्टरुपमा बाटो छ छैन राम्ररी बुझ्ने ।
५. जग्गामा गरेको हकभोगको आकार प्रकार मिल्छ मिल्दैन एकीन गर्ने ।
६. जग्गा रैकर वा गुठी के हो प्रस्ट हुने ।
७. उक्त जग्गाम मोही भए नभएको फिल्डमा हेरी प्रस्ट हुने ।
८. लालपुर्जा, जग्गा र नक्साको क्षेत्रफल मिल्छ मिल्दैन एकीन गर्ने ।
९. उक्त कित्ताको चारैतर्फको सिमानामा विवाद जग्गामा नै गैइ साँध सँधियारहरुबाट बुझ्ने ।
१०. नक्सा बमोजिमको जग्गामा चारैतर्फ सिमाना एकीन गर्न रेखाङ्कन गराउने ।